भिजिट भिसा प्रकरणमा गृहमन्त्रीबारे सरकारको धारणाः राजीनामा दिन पर्दैन


काठमाडौं, ११ जेठ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना एवम् प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । आज (आइतबार) नेकपा (एमाले) का सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले कर्मचारी पक्राउ परेको कुरामा गृहमन्त्री लेखकले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।

‘अध्यागमनमा जे खालको अनियमितता भयो भनेर छानविन भएको छ, छानविन हुन दिनुस् । तीर्थ भट्टराई पक्राउ पर्छ, गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र ?’ प्रश्न गर्दै उनले भने ।

अध्यागमन विभागको प्रमुख रहेका भट्टराईले भिजिट भिसामा विदेश जानेहरुसँग पैसा उठाएको प्रकरणमा उनी पक्राउ परेका थिए । उनले दैनिक ५० लाख गृहमन्त्रालयलाई बुझाउने गरेको बयान दिएपछि राजनीतिक बृत्तमा यतिबेला तरङ्ग पैदा भएको छ । प्रतिपक्षी दलहरुले समेत गृहमन्त्री लेखकको राजीनामा माग गर्दै निष्पक्ष छानविनमा सघाउन भन्दै आएका छन् ।