काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीकी सहमहामन्त्री पदबाट दिएको सुमना श्रेष्ठको राजीनामा स्विकृत गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकमा सुमनाको राजीनामा स्विकृत भएकोबारे जानकारी गराईएको छ ।
श्रेष्ठले दिएको राजीनामा यही जेठ ९ गते नै स्वीकृत भएको नेताहरुले जनाएका छन् । प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टीको जिम्मेवारीमा भन्दा अहिले विधायकी भूमिकामा समय दिने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्।
यद्धपी सुमनाको राजीनामा पार्टी पँक्तिभन्दा पहिले मिडियाबाट सार्वजनिक भएको थियो । त्यसबारेमा भने उनले आश्चर्य प्रकट गरेकी थिईन् ।




प्रतिक्रिया