मोहन बस्नेतलाई किन मुद्दा लगाइयो, मलाई आश्चर्य लागिरेको छः कांग्रेस प्रवक्ता महत


काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महतले पार्टीका नेता मोहन बस्नेतलाई मुद्दा लगाइएकोमा आफूलाई आश्चर्य लागेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टेरामक्स प्रकरणमा मेरो संलग्नता नै छैन भनिरहेको अवस्थामा बस्नेतमाथि मुद्दा चलाइएको उनले बताए ।

‘मोहनजी आफैंले भन्नुभएको छ– मैले कल बाइपास रोक्ने प्रविधिको लागि सिफारिस गरेको हुँ । टेरामक्समा कुनै सम्बन्ध छैन भनिरहनुभएको छ । किन उहाँ आरोपित हुनुभयो म पनि आश्चर्यमा छु,’– उनले भने ।

साथै, भिजिट भिसा प्रकरणका गृहमन्त्री रमेश लेखकले अहिले राजीनामा दिन आवश्यक नरहेको उनले बताए । नैतिकताको आधारमा राजीनामा दिन कि नदिने भन्ने कुरा व्यक्तिले निर्धारण गर्नुपर्ने उनले बताए । नेता महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको सम्बन्ध देखिएको खण्डमामात्रै पार्टीले राजीनामा माग गर्ने बताए ।

‘अध्यागमनमा जुन बेइमानी भयो, भ्रष्टाचार भयो, दुरुपयोग भयो भन्ने कुरा आएको छ । यसको राम्रो छानविन हुनुपर्छ । दोषीमाथि कारबाही हुनुपर्छ । मन्त्रीजीले के भन्नुभएको छ भने मसँग यो जोडिएको छैन । म पूरै निर्दोष छ । यदि मलाई कसैले दोषी छ भन्ने सावित गर्छ भने म राजनीति छोड्छु भन्नुभएको छ । त्यो कुरा सम्बन्ध छ भन्ने कुनै प्रमाणित नभइ गृहमन्त्री दोषी हो भन्न मिलेन,’– उनले भने ।

साथै, नेता महतले अहिले सरकारका विभिन्न संयन्त्रहरुमा सुशासन सुनिश्चित नरहेको, भ्रष्टाचार, ढिलासुस्ती र जनतालाई सास्ती भइरहेको बताए । ‘सरकारी जुन विभिन्न संयन्त्र छन्, त्यहाँ सुशासन सुनिश्चित छैन, भ्रष्टाचार भएको छ । ढिलासुस्ती भएको छ । जनतालाई सास्ती दिइएको छ भन्ने कुराको कडाभन्दा कडा त्यसको छानविन गरेर यथार्थताको आधारमा जो दोषी छन् त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्नेमा त शंका नै छैन,’– उनले भने ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने कुनै पनि आधार र कारण नरहेको उनको दाबी छ । ‘आधार छैन, भोलि छलफलमा यो विषय एजेण्डा छ जस्तो मलाई लाग्दैन । पछिको कुरा पछि नै गरौंला । समग्रमा यो सरकारमा जो जानभएको छ । यसले अझ प्रभापवकारी ण्ंडबाट काम गर्नुवपर्छ । आफनो क्षमता, योग्यताको र इमादारिताको साथ लाग्नुपर्छ,’– उनले भने ।