काठमाडौं नियन्त्रणमा लिनु भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, तत्काल फिर्ता लिनुपर्छ : प्रभु साह


काठमाडौं, १२ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेठ १५ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

अध्यक्ष साहले फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संविधान, कानूनको रक्षा एवं शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने जिम्मा लिएको प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले नै यस्तो अभिव्यक्ति दिनु कानूनी शासनको उपहास भएको टिप्पणी गरेका छन् ।

साहले फेशबुकमा लेखेका छन्-

प्रधानमन्त्री केपी ओलीले जेष्ठ १५ गते काठामाडौंलाई नियन्त्रणमा लिन एमालेलाई दिएको निर्देशन आपतिजनक छ । संविधान र कानुनको रक्षा एवं शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मा लिएको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले शान्ति सुव्यवस्था खलबलाउने, सद्भाव भडकाउने र देशलाई मुठभेडतर्फ धकेल्ने गैर जिम्मेवार अभिव्यक्ति दिनु कानुनी शासनको उपहास मात्र नभई दण्डनीय अपराध हो । यसर्थ, प्रधानमन्त्रीलाई यस्तो गलत अभिव्यक्ति तुरुन्त फिर्ता लिई आत्मआलोचित हुन विशेष आग्रह गर्दछु ।

Related News: