काठमाडौं, १३ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले सक्रिय राजतन्त्रको पालामा धनी र गरिबबीचको खाडल २१ गुणा रहेको तथ्यांक पेश गरेका छन् । राजावादीहरुले यही जेठ १५ गते राजतन्त्र पूनःस्थापनाको माग राखेर बृहत्त आन्दोलन गर्न लागेको बेलामा नेता पोख्रेलले राजतन्त्र र गणतन्त्रको तुलना गर्दै यस्तो तथ्यांक पेश गरेका हुन् ।
उनले फेशबुकमार्फत यस्तो धारणा ल्याएका छन् । गणतन्त्र आएपछि भने त्यो धनी र गरिबबीचको खाडल २१ गुणाबाट झरेर ६ गुणामा आएको र आफूहरु सही दिशमा रहेको उनले दाबी गरेका छन् । उनले हिजो एमाले गणतन्त्रवादी भएकोले त्यसको रक्षाको लागि सबै मोर्चामा दृढतापूर्वक उभिने भनेका थिए ।




प्रतिक्रिया