काठमाडौं, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले गृहमन्त्री रमेश लेखकले अब संसद्मा बोल्न आवश्यक नरहेको बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा जोडिएकाले राजीनामा अपरिहार्य रहेको बताएका हुन् । उनले भने, ‘गृहमन्त्रीले अख्तियारमा बयान दिने हो नि त अब यहाँ बोल्ने होइन ।’
गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन र कारबाहीको लागि अनुसन्धानको दायरामा लिन लागेको कर्मचारीलाई सरुवा गरेर अन्त पठाउनु र बचाउन खोज्नुले उनको भूमिकामाथि संका गर्न सकिने प्रशस्त ठाउँ भेटिएको उनको भनाइ छ । अब गृहमन्त्री लेखकले संसद्मा उभिएर स्पष्टीकरण दिइरहनुपर्ने आवश्यकता नै नरहेको उनले बताए । File Photo/RN




प्रतिक्रिया