काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाको बैठक साढे २ बजेसम्मका लागि स्थगित भएको छ । आज (मंगलबार) विहान ११ बजेबाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरुले विरोध जनाएपछि आधा घण्टाको लागि स्थगित गरिएको थियो । आधा घण्टाका लागि स्थगित भएको बैठक पुनः सूचना टाँस गरेर साढे दुई बजेसम्मका लागि स्थगित गरिएको जानकारी गराइएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको र निष्पक्ष छानविनका लागि उनले राजीनामा दिनुपर्ने भन्दै प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिपक्षी दलहरुले आवाज उठाउँदै आएका छन् ।




प्रतिक्रिया