काठमाडौं, जेठ १४ । बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुइ छोरीको बिभत्स हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू- ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमान ढकालको हत्या गरेका हुन्।
प्रहरीका अनुसार घटना आज बिहान ४ बजेतिर भएको र मृतक दीपा बस्यालले कोइरालासँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन्।
प्रहरीले हत्या अभियोगमा कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उनी यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल बसरे संविधान दिवसको अवसरमा सरकारले दिएको माफी पाएर रिहा भएका थिए।




प्रतिक्रिया