काठमाडौं, १४ जेठ । कांग्रेस र एमालेको शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सदन अवरोधको विषयमा छलफल गरेका थिए । बैठकमा गृहमन्त्री रमेश लेखकपनि सहभागी थिए ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले बालुवाटारको बैठकमा गृहमन्त्री लेखकले राजीनामा नदिने निश्कर्ष निकालेको जानकारी दिए । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले भने,‘गृहमन्त्रीले राजीनामा दिने कुरै छैन् । उहाँले आज सदनमा बोल्नुहुन्छ । आजको बैठकको निश्कर्ष यही हो ।’
उता, संसद् भवन नयाँ बानेश्वरमा भने विपक्षीहरुको बैठक जारी छ । बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरु छलफलमा बस्दा सदनमा भने विपक्षीहरु रणनीति बनाउन व्यस्त छन् । भिजिट भिसा प्रकरणले सदन अवरोध छ । विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाईन बनाएका छन् । file photo




प्रतिक्रिया