काठमाडौं, १४ जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नै कुनै संलग्नता नरहेको दाबी गरेका छन् । संसद भवन परिसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
उनले भने,‘यस प्रकरणमा मेरो कुनै संलग्नता छैन । मलाई मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ ।’




प्रतिक्रिया