गभर्नर डा.पौडेलविरुद्धको रिटमा कारण देखाउ आदेश जारी


काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ । आज (बुधबार) सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा उक्त रिटको सुनुवाइ भएको हो । सो रिटमा सुनुवाइ गर्दै न्यायाधीश मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो ।