काठमाडौं, १५ जेठ । पूर्वमन्त्री एवम् नेकपा (एमाले)का नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ। उनको पत्नी बिमला महतको उपचारको क्रममा गएराति पौने एक बजे निधन भएको हो।
उनको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। नेकपा (एमाले)को बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरुबीच जनवादी बिहे भएको थियो। उनी करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।




प्रतिक्रिया