‘फूलको आँखामा फूलै संसार, केपी ओलीको आँखामा अराजकता संसार’


काठमाडौं, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अराजक’ को संज्ञा दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ भनेर अराजक अभिव्यक्ति दिएको बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले व्यक्ति हत्यामा १४ वर्ष जेल सजाय भोगेको उनको दाबी छ ।

‘हाम्रो देशको प्रधानमन्त्रीले व्यक्ति हत्या काण्डमा १४ वर्ष जेल सजाय भोग्नुभएको हो । जसको जे सोच छ नि, फूलको आँखामा फूलै संसार, केपी ओलीको आँखामा अराजकता नै संसार,’– उनले भने ।

आफूहरुले संविधान मान्दै गर्दा फरक मत राखेर चुनावमा गएको निर्वाचित भएको बताउँदै उनले राजसंस्था, हिन्दुराष्ट्रलगायतका मुद्दा उठाइराख्ने बताए । नेता शाहीले अहिले अदालत, अख्तियार सबै संवैधानिक निकायमा पार्टीका कार्यकर्ता नियुक्ति गर्दा अराजकता फैलिएको दाबी गरे । File Photo/RN