काठमाडौं, १६ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनाइएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला भ्रष्टाचारविरुद्धको अभियान नै चलाएको बताए । आफूले भ्रष्टाचारविरोधी अभियान चलाइरहेको बेला अनुसन्धानको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिएसँगै अनेक जालझेल गरेर सरकार ढालिएको उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारविरोधी अभियानबाट नथाकेको र पार्टीले सुरु गरेको जागरण अभियानमा पनि जनताले भ्रष्टाचारको विरुद्धमा लाग्न हौसला प्रदान गरेको उनले बताए । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री रहेकै बेलामा पनि भ्रष्टाचारमा आफ्नै ९प्रचण्डकै० नाम मुछिए पनि नछाड्नु भनेर अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको बताए । अहिले पनि यदाकदा आफूलाई क्यान्टोनमेन्ट र शेरा दरबार प्रकरणसँग जोडेर बदनाम गराउन खोजेको भन्दै प्रचण्डले ती प्रकरणमा आफू छानविनको लागि तयार रहेको बताए । उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ती प्रकरण छानविन गर्न भनेर यसअघि नै संसद्बाटै भनेको पनि स्मरण गराए ।
‘मैले अस्ती संसद्मा भनेको सुन्नु भएन । शेरा दरबारको कुरा ल्याए । के–के भन्छन् । मैले म बाटै छानविन सुरु गर भनेको होइन रु मैले केपीजीको सरकारलाई छानविन मबाट सुरु गर्नुस् न त, म शेरा दरबारको लागि पनि तयार, क्यान्टोनमेन्टको लागि पनि तयार । किनभने मैले गल्ती गरेको छैन । म जस्तोसुकै फेस गर्न तयार छु भन्ने प्रधानमन्त्री मै होइन रु’ प्रश्न गर्दै उनले भने ।
साथै, उनले क्यान्टोनमेन्टको कुरामा आफ्नो कहीँकतै साइनो सम्बन्ध नै नरहेको बताए । बाबुराम भट्टराईले क्यान्टोनमेन्टको बारेमा आफूविरुद्ध भ्रमको खेति गरेको भन्दै प्रचण्डले उनलाई बुद्धि नभएको डाक्टरको संज्ञा दिए । ‘यतीको बुद्धि नभएको डाक्टर हुँदारहेछन् भन्ने एउटा उदाहरण हो बाबुरामजी,’– प्रचण्डले भने ।




प्रतिक्रिया