उपत्यकाका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा


काठमाडौँ, १६ जेठ । सरकारले काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा दिने भएको छ । सो दिन मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले काठमाडौँ उपत्यकाका ३ जिल्लाहरुमा आइतबार सार्वजनिक बिदा दिइएको हो।

गृह मन्त्रालयले सूचना जारी गर्दै भनेको छ, ‘मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्रका दिन उपत्यकाका ३(तिन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा मिति २०८२ साल जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’