काठमाडौं, १६ जेठ । विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने अडान कायमै राखेका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलपछि विपक्षीहरु यस्तो निश्कर्षमा पुगेका हुन् । माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग्ने बटमलाईनबाट ब्याक नहुने निर्णय भएको छ । यता, रास्वपाले पनि त्यही अडान दोहोर्याएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बजेट भाषण भएकोले हिजोमात्रै सदन अवरोध रोकिएको भएपनि अब निरन्तर अवरोध जारी राख्ने सुननए । सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा पाण्डेले भने,‘देश, जनता र संविधानविरोधी गतिविधिलाई मध्यनजर गरेर हामीले हिजो अवरोध हटाएका हौँ । हाम्रो अडान कायमै छ । यो मानव तस्करी र भ्रष्टाचारसँग सम्बन्धित छ । करेक्सन नगरी हामी अडानबाट ब्याक हुँदैनौं भनेका छौँ । यो विषय सदनमा उठाउँछौँ । अब बाँकी काम सरकार हो ।’
उता, रास्वपका प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्रीको राजीनामा आफूहरुको बटमलाईन भएको स्पष्ट पारे । यस्तै, यो प्रकरणमा प्रधानमन्त्री ओलीको पनि जवाफ मागिने अडान दोहोर्याए । प्रधानमन्त्रीको जवाफ नमागिएको विषयमा विपक्षीहरुबीच नै मतभेद कायम छ ।




प्रतिक्रिया