काठमाडौं, १६ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रेस स्वतन्त्रतालाई खुम्च्याउन नहुने बताएका छन् । आज (शुक्रबार) प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोही पनि सधैं सत्तामा नबस्ने भएकाले प्रेस स्वतन्त्रतालाई जोगाएर राख्नु अपरिहार्य रहेको बताएका हुन् ।
‘मैले आफू भएको ठाउँमा पनि भन्ने गरेको छु– प्रेस स्वतन्त्रतालाई चाहीँ नखुम्च्याऔं । सधैं हामी सरकारमा बस्दैनौं । सधैं हामीले नै सत्ता चलाउने होइन । हामी प्रतिपक्षमा बस्दा अथवा हामी केही नभएर सडकमा जाँदाखेरी पनि प्रेस स्वतन्त्रता चाहीँ हामीले जोगाएका थियौं भन्ने ठाउँ हामीलाई हुनुपर्छ,’– उनले भने ।




प्रतिक्रिया