वार्षिक ३ खर्ब खर्च कटौती गर्न सकिन्थ्यो, दुई तिहाइको बलियो सरकारले चाहेनः कांग्रेस नेता पोखरेल


काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका नेता डा.गोविन्द पोखरेलले आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारले ल्याएको बजेटमा फजुल खर्च कटौती गर्न नसकिएको बताएका छन् । विभिन्न अनावश्यक आयोगहरु विघटन गरेर वार्षिक ३ खर्ब खर्च कटौती गर्न सकिने अवस्था हुँदा पनि दुई तिहाइको बलियो सरकारले त्यती काम गर्ने आँट गर्न नसकेको बताएका हुन् ।

‘अहिलेको बजेटको गर्न नसकेको पाटो भनेको फजुल खर्च हाम्रो भइराखेको थियो, चालु खर्च बढिराखेको छ । धेरै आयोगहरु विघटन गरेर झण्डै ३ खर्ब बचाउन सक्छ भन्ने थियो । त्यो चाहीँ आउन सकेन । यत्रो बलियो सरकारले त्यो गर्न सक्छ भन्ने हाम्रो अपेक्षा थियो, त्यो अपेक्षा बजेटले पूरा गर्न सकेको देखिएन,’– उनले भने ।

उनले अहिलेको बजेटको सकारात्मक पक्ष भनेको निजी क्षेत्रमा भने उत्साह भरिएको उनले बताए । त्यस्तै आईटी, पर्यटकलगातका क्षेत्रमा भने केही सकारात्मक कामको योजना आएको नेता पोखरेलले भने । ‘अहिलेको बजेटको सकारात्मक पाटो भनेको निजी क्षेत्रमाथि उत्साह भर्दियो,’– उनले भने ।