काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार केसीले उजुरीसम्म नपरेको अवस्थामा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा नदिने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले लेखकविरुद्ध उजुरी परेको अवस्थामा उनी गृहमन्त्री पद छाड्न तयार रहेको बताएका हुन् । अहिले उक्त प्रकरणमा कहीँकतै उजुरी पनि नपरेको र यो अवस्थामा गृहमन्त्री लेखकले राजीनामा नदिने उनको भनाइ छ ।
‘उहाँ (रमेश लेखक) को बारेमा कतै उजुरी पनि परेको छैन । यो अवस्थामा उहाँले राजीनामा गर्दा नजीर बस्छ कि भन्ने कुरा हो । एउटा कर्मचारीले गडबड गरेको छ भन्ने कुरा छ । त्यो गडबड गरेको अवस्थामा मन्त्रीले राजीनामा गर्दै जाने हो भने नजिर बस्छ कि ? राजीनामा गर्न नहुने कुरा त होइन । छलफल भइरहेको छ । गृहमन्त्रीले राजीनामा गर्ने कुरा हो,’– उनले भने ।
्
साथै, गृहमन्त्री लेखकले पनि आफूमाथि कुनै उजुरी नपरेको, आफू कहीँ कतैबाट संलग्न नभएको कुरामा मैले कसरी राजीनामा दिने भनेर पार्टीमा कुरा राखेको पनि उनले बताए । कर्मचारीले भ्रष्टाचार गरेको खण्डमा उसले राजीनामा दिनुपर्छ भन्ने गलत रहेको उनले बताए ।
‘उहाँको कुरा चाहीँ मैले अस्ती सुन्दाखेरी मलाई कतै पनि आरोप लगाइएको छैन । अदालत, अख्तियार, सतर्कता केन्द्र, जिल्लामा कतै पनि मैले बदमानसी गरेको, भ्रष्टाचार गरेको भनेर उजुरी छैन । उजुरी पनि नपरेको र कही केही पनि नभएको अवस्थामा एउटा कर्मचारीले भ्रष्टाचार गर्यो भने मन्त्रीले राजीनामा दिँदै जाने हो त ? भन्ने उहाँको तर्क छ । उहाँको तर्क सही लाग्छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया