काठमाडौं, १८ जेठ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको आयोजनामा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा अनामनगरको सामाजिक विकास भवनमा शिविर सञ्चालन गरिएको थियो ।
वीर अस्पतालका विशेषज्ञबाट स्वास्थ्य जाँच, शिविरमा तिलगंगा आँखा अस्पतालका विशेषज्ञबाट आखाँको जाँच, भक्तपुर क्यान्सर अस्पातालका विशेषज्ञबाट महिलाहरूको पाठेघर र स्तन क्यान्सरको स्क्रीनिङ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रगत र युरिनको जाँच, चिरायु डेन्ट केयरको तर्फबाट दन्त परिक्षण गरिएको थियो ।
उक्त शिविरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पनि सहभागी भएका थिए । फोटोः दिनेश चौधरी/ रिपोर्टर्स नेपाल














प्रतिक्रिया