काठमाडौं, १८ जेठ । राजावादीहरुको आन्दोलनको आज तेस्रो दिन । जेठ १५ गतेदेखि आन्दोलनमा होमिएका राजावादीहरुले आजपनि प्रदर्शन जारी राखेका थिए । सो क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
उनी अहिले प्रहरी नियन्त्रणमा छन् । विरोध प्रदर्शनकै क्रममा थापा पक्राउ परेपछि आन्दोलनमा उत्रिएकाहरु उत्तेजित बनेका छन् । यही क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई सम्मानपूर्वक तत्काल रिहा नगरे काठमाडौं ठप्प पारिदिने चेतावनी दिएका छन् । file photo




प्रतिक्रिया