काठमाडौं, १८ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’को नारा लगाएका छन् । राजावादीहरुको आन्दोलनको तेस्रो दिन आज उनी कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् ।
नक्शाल नारायणचौरमा विरोध प्रदर्शनमा उत्रिएका राजावादीहरुको आन्दोलनको नेतृत्वमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष थापाले गरिरहेका छन् ।
तर, निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा थापालाई प्रहरीले बल प्रयोग गरी पक्राउ गरेको छ । प्रहरीले थापालाई घिसारेर नै भ्यानसम्म पुर्याएको छ । भ्यानमा चढाएलगत्तै थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ को नारा घन्काए ।
उनले प्रहरी दमन मुर्दावादसमेत भनेका छन् । थापा पक्राउ परेपछि राप्रपाका अध्यक्ष लिङ्देनले भने तत्काल थापालाई रिहा गर्न माग गरेका छन् । थापालाई तत्काल रिहा नगरे काठमाडौं ठप्प पार्ने उनको चेतावनी छ । file photo




प्रतिक्रिया