काठमाडौं, १८ जेठ । राजावादी आन्दोलनको क्रममा पक्राउ परेका कमल थापालाई स्वास्थ्य जाँचको लागि अस्पताल लगिएको छ । राजसंस्था पूनःस्थापनाको लागि राजावादीहरु जेठ १५ गतेबाट आन्दोलित छन् । आज आन्दोलनको क्रममा थापालाई प्रहरीले पक्राउ गरेको हो ।
नक्सालको नारायणचौरमा पक्राउ परेका थापालाई भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको थियो । परिसरमा कसैलाई पनि भेट्न नदिईएको थापाको परिवारको गुनासो छ । अहिले भने वीर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ ।
थापालाई तत्कालै रिहा नगरिए काठमाडौं ठप्प पार्ने राजेन्द्र लिङ्देनको चेतावनी छ । परिवारले भने प्रहरीले आज थापालाई नछाड्ने संकेत गरेको गुनासो पोखेका छन् । file photo




प्रतिक्रिया