राप्रपा सांसद दीपक सिंहपनि पक्राउ


काठमाडौं, १८ जेठ । प्रहरीले राप्रपा सांसद दीपक सिंहलाई पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौं भद्रकालीबाटै सिंह पक्राउ परेका हुन् । यसअघि राजावादी आन्दोलनको क्रममा कमल थापा पक्राउ परिसकेका छन् ।

उनलाई नक्शाल नारायणचौरबाट पक्राउ गरिएको थियो । अहिले थापालाई स्वास्थ्य जाँचको लागि वीर अस्पताल लगिएको छ । राप्रपा, राप्रपा नेपाललगायत राजावादीहरुले जेठ १५ गतेबाट आन्दोलन जारी राखेका छन् । आज आन्दोलनको तेस्रो दिन हो । file photo