भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ : प्रधानमन्त्री ओली


काठमाडौं, १९ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भीडसँग बल भएपनि सत्य नहुन सक्ने बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमा ‘म झोले हुँ’ लेख्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोड्न भनेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

हिजो-आज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ।