देउवा–दाहालबीच फेरि फोन-सम्वाद


काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच फोन सम्वाद भएको छ । माओवादी केन्द्रसहित विपक्षी दलहरु गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोधको अवस्थामा रहेकै बेलामा देउवा र दाहालबीच फोन सम्वाद भएको खुलेको हो ।

दुई नेताबीच सदनको अवरोध खुलाउने विषयमा कुराकानी भएको उच्च स्रोतको दाबी छ । यसअघि दुई नेताबीच दाहाल देउवाको गृहजिल्ला पुग्दा फोनसम्वाद भएको थियो । माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामालाई बटमलाईन बनाएको छ ।

गृहमन्त्रीको राजीनामा नआएसम्म सदन सुचारु हुन नदिने उसको अडान आजको मितिसम्म कायमै छ । तर, अहिले संसदीय दलको बैठक जारी छ । यो बैठकमा सदनको अवरोध खुलाउने वा कायमै राख्ने भन्ने विषयमा छलफल हुनेछ । दाहालले देउवासँगको फोन सम्वादमा सकारात्मक रहेको कुरा आफूनिकट नेताहरुलाई बिफ्रिङ गरेका छन् । file photo