काठमाडौं, २० जेठ । नेकपा (माओवादी केन्द्र) मा समाहित भएकाहरुले पदीय जिम्मेवारी पाएका छन् । नेपाल समाजवादी पार्टी (नेसपा) बाट माओवादीमा सहमाहित भएका गंंगानारायण श्रेष्ठले केद्रीय सचिवको जिम्मेवारी पाएका छन् ।
गत (शुक्रबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बसेको पार्टी पदाधिकारी एकता प्रक्रियामा आएका नेताहरुलाई जिम्मेवारी तोकेको हो । नेसपामा कारर्यकारिणी समितिका सदस्य रहेकाहरुलाई समायोजनपछि केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ ।नेपाः राष्ट्रिय पार्टीका तत्कालीन अध्यक्ष विजय सैजुलाई स्थायी समिति सदस्य बनाइएको छ ।
त्यसैगरी, कल्पना सुवेदीले केन्द्रीय सल्लाहाकारको जिम्मेवारी पाएकी छन् । केन्द्रीय सदस्य बनेकाहरुमा बन्दना सुवेदी, सुरद बहादुर स्याब्तान, अक्कल बहादुर थिब, राजेन्द्रकुमार किराती, खुम्बराज खत्रीलगायत रहेका छन् । File Photo/RN




प्रतिक्रिया