काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले बढीभन्दा बढी मानिसहरुको चित्त बुझ्नेगरी कानुन निर्माण गरिनुपर्ने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङसम्बन्धी कानुनको सन्दर्भमा सञ्चारकर्मीहरुसँग संवाद गर्दै उनले सबैको चित्त बुझाउन नसकिए पनि कानून बनाउँदा बहुसंख्यक नागरिकको चित्त बुझ्नुपर्ने बताए । उनले अहिले राज्य व्यवस्था तथा सुशासन समितिले ल्याएको संघीय निजामति कर्मचारीसम्बन्धी विधेयकका केही कुराहरु मुख्यसचिवलाई नै मन नपरेको उनले बताए ।
‘बढीभन्दा बढी मानिसहरुको चित्त बुझ्नेगरी कानुून निर्मांण गरेर अगाडि जानुपर्छ । बढीभन्दा बढी सरोकारवालासँग छलफल गरेर कानुन ल्याएको भए, त्यसको सन्देश अझ सकारात्मक जान्थ्यो । हामीले ल्याएको विधेयकमा पनि सबैको चित्त बुझाउन सकिएको हुँदैन । तपाईँहरुले देखिरहनु भएको छ । मुख्यमसचिवहरु, मैले नै ल्याएको कर्मचारी विधेयकमा । त्यसकारण सबैको चित्त बुझाउन सकिँदैन । बढीभन्दा बढी सरोकारवालालाई समेटेर ल्याउँदा त्यसको फाइदा विधेयक ल्याउनेलाई पनि हुन्छ र जनतालाई पनि हुन्छ,’– उनले भने ।
साथै, उनले सार्वजनिक यातायातका साधनहरु आजैबाट खुल्ने बताए । उनले भने, ‘मलाई लाग्छ आजबाटै गाडी खुल्छ । यातायात व्यवसायी पनि नेपाली जनता नै हुन् । सरकार भनेको पनि नेपाली जनता नै हुन् । उनीहरुको पनि आफ्नो बाध्यता होला । सिन्डिकेटको धेरै पहिलादेखि हामीले विरोध गरिराखेको हो ।’




प्रतिक्रिया