काठमाडौं, २० जेठ । प्रतिनिधिसभाको बैठक स्थगित् भएको छ । आज ११ बजे बोलाईएको बैठक बस्दै नबसी सूचना टाँस गरी स्थगित् गरिएको छ । अर्को बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरि तय भएको छ ।
भिजिट भिसा प्रकरणमा तीन बुँदे माग राखी विपक्षीहरुले सदन अवरोध जारी राखेका छन् । विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाईन बनाएका छन् । तर, सत्तापक्षले भने गृहमन्त्रीमाथि यो प्रकरणमा उजुरी नपरेको र अख्तियारले कुनै छानबिन नगरेकोले राजीनामा दिन नहुने अडान राखेको छ ।
उनीहरुले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने भनेका छन् । तर, विपक्षीहरुले यो प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाईए गृहमन्त्रीलाई बोल्न दिने भनेका छन् । file photo




प्रतिक्रिया