कारागार बसाई लम्बिने भएपछि रवि लामिछानेले डिल्लीबजार कारागार आउने मन बनाए


काठमाडौं, २० जेठ । सहकारी ठगीको आरोपमा थुनामा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले काठमाडौंको डिल्लीबजार कारागार आउने जाहेर व्यक्त गरेका छन् । उनी अहिले रुपन्देही जिल्ला कारागारमा छन् । आफ्नो कारागार बसाई लम्बिने भएपछि उनले काठमाडौंको डिल्लीबजार कारागार आउने ईच्छा व्यक्त गरेका छन् ।

रुपन्देहीमा आफूलाई भेट्न आउने नेता तथा कार्यकर्ताहरुको लागि सकस भएको र राजनीति काठमाडौंकेन्द्रित भएकोले उनले काठमाडौं आउन चाहेको बताईन्छ । कारागार प्रशासनले पनि लामिछानेको ईच्छाअनुसार नै काठमाडौं ल्याउने प्रक्रिया थालेको बताईन्छ । file photo