भिजिट भिसा प्रकरणमा अख्तियारले भोलि आफ्नो धारणा सार्वजनिक गर्ने


काठमाडौं, २० जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा अहिलेसम्म भएको अनुसन्धान प्रक्रियाको प्रगतिबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएकाे छ । यस प्रकरणमा तीर्थराज भट्टराईको बयान लिन थालिएसँगै अख्तियारले भोलि आफ्नो धारणा सार्वजनिक गर्न लागेको उच्च स्रोतको दाबी छ ।

विपक्षीहरुले यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोप लगाएर पछिल्ला दिन सदन अवरोध जारी राखेका छन् । आजपनि प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित् गरिएको छ । गृहमन्त्री लेखकले भने सदनमा आफूले बोल्न पाउनुपर्ने माग गरेका छन् ।

तर, विपक्षीहरुले यो प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्ने र त्यसको टिओआर बनेपछि सदनमा गृहमन्त्रीलाई बोल्न दिने भनेका छन् । विपक्षीहरुले गृहमन्त्रीको राजीनामालाई नै बटमलाईन बनाएपछि सत्तापक्ष पनि दबाबमा परेको छ । तर, अख्तियारले भोलि सदन बस्नुअघि नै आफ्नो धारणा सार्वजनिक गर्यो भने सदनको अवरोध हट्नको लागि केही सहजता प्रदान गर्ने चर्चा सुरु भएको छ । file photo