काठमाडौं, २० जेठ । नेपालको पहिलो र एकमात्र IB कन्टिन्युम स्कूल, प्रिमियर इन्टरनेशनल स्कूलमा International Baccalaureate Diploma Programme (IBDP) अन्तर्गतको Theory of Knowledge (TOK) Exhibition 2025 भव्य रूपमा सम्पन्न भएको छ।
‘ज्ञान मेला’ शीर्षकमा आयोजित यस प्रदर्शनीले विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको ज्ञान, अनुसन्धान र बौद्धिक चिन्तनलाई समेट्ने उद्देश्य राखिएको थियो।
IBDP Year 1 का विद्यार्थीहरूले ज्ञानसम्बन्धी वैश्विक प्रश्नहरूमाथि अनुसन्धान गर्दै तीन वटा वास्तविक वस्तुहरू मार्फत
विचार प्रस्तुत गरेका छन्, जसमा लेखिएको टिप्पणी (commentary) मार्फत उनीहरूको तर्क, विवेक र विश्लेषण
क्षमताको प्रदर्शन गरिएको छ। TOK प्रदर्शनी IBDP को अनिवार्य कोर मूल्यांकनमध्ये एक हो, जसले विद्यार्थीलाई
वास्तविक संसारमा ज्ञानको अवधारणालाई बुझ्न र प्रयोग गर्न प्रेरित गर्दछ।
यस वर्षको प्रदर्शनीको नाम ‘ज्ञान मेला’ राखिनुको उद्देश्य यो कार्यक्रम ज्ञानको उत्सव मात्र नभई स्थानिय सन्दर्भमा विश्व
शिक्षा जोड्ने अभ्यास पनि हो भन्ने सन्देश दिनु हो। नेपाली परिवेशमा यस नामले गहिरो अर्थ राख्ने हुँदा सहभागी
अभिभावक र समुदायसँग अझ सघन सम्बन्ध स्थापित भएको देखिएको छ।
प्रदर्शनीमा विद्यार्थीहरूले AI, ऐतिहासिक दृष्टिकोण, जातीय ज्ञान प्रणाली, वैज्ञानिक अनुसन्धानमा नैतिकता लगायतका
विविध विषयमा आधार बनाएर गहन अध्ययन प्रस्तुत गरेका छन्। Premier का PYP, MYP तथा अन्य साझेदार
विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरूबाट कार्यक्रमको अवलोकन गरिएको थियो।
विद्यालयकी प्राध्यापक शमा क्षेत्रीले कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै भन्नुभयो, “TOK प्रदर्शनीले विद्यार्थीहरूको
सोचको दायरा फराकिलो बनाउँछ, आत्मनिर्भर बनाउँछ र दीर्घकालीन जीवनका लागि आवश्यक बौद्धिक उपकरणहरू
प्रदान गर्छ।” उहाँले विद्यार्थीहरूद्वारा प्रस्तुत दृष्टिकोण, तर्क र प्रश्न गर्ने क्षमतालाई प्रशंसनीय बताउनु भएको छ।
विद्यालय व्यवस्थापनद्वारा पनि उक्त पहलको सराहना गरिएको छ। व्यवस्थापनका अनुसार, IB शिक्षाले केवल शैक्षिक
गहिराइ मात्र होइन, समालोचनात्मक सोच, आत्मविश्वास, र विश्व दृष्टिकोणसमेत प्रदान गर्ने गर्दछ।
‘ज्ञान मेला’ एक शैक्षिक गतिविधि मात्र नभई सीप, विचार, र पहिचानको अभिव्यक्ति भएको स्पष्ट संकेत गरिएको छ।
वैश्विक सन्दर्भमा सोच्न सक्ने, तर आफ्नै जरा र संस्कृतिसँग जडित रही योगदान दिन सक्ने नयाँ पुस्ता निर्माण गर्न
Premier को IB Diploma Programme एउटा उपयुक्त शैक्षिक विकल्पका रूपमा प्रस्तुत भएको छ।




प्रतिक्रिया