सदनको अवरोध खुलाउन सभामुखको कार्यकक्षमा बैठक जारी, बैठक बस्न ढिलाई


काठमाडौं, २१ जेठ । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउनको लागि प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छ्न । संसद् भवनको सभामुख कार्यकक्षमा जारी बैठकमा सदनको अवरोध हटाउने विषयमा छलफल जारी छ ।

तर, निकास निस्किएको छैन् । विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका छन् । तर, सत्तापक्षले कुनैपनि हालतमा गृहमन्त्रीले राजीनामा नदिने अडान लिएको छ । सभामुख प्रमुख सचेतहरुसँग छलफलमा जुटेकोले बैठक बस्न ढिलाई भएको छ । आजको बैठक दिउँसो १ बजेको लागि बोलाईएको थियो । file photo