नविल बैंकको सिईओमा मनोज ज्ञवाली नियुक्त


काठमाडौं, २२ जेठ । नबिल बैंकको सिइओमा मनोज ज्ञवाली नियुक्त भएका छन्।

ज्ञवालीलाई आज (बिहीबार) बसेको सञ्चालक समिति बैठकले सिइओमा नियुक्त गरेको हो। ज्ञवाली यसअघि एक्टिङ सिईओको जिम्मेवारीमा थिए ।

नवनियुक्त सिईओ ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट समेत हुन्। उनी विगत दुई दशकदेखि बैंकिङ क्षेत्रमा महत्वपूर्ण भूमिकामा छन् ।