काठमाडौं, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका नेताहरूबीचको सम्वादहीनता तोडिएको छ । सहकारी प्रकरणमा सभापति रवि लामिछाने जेल गएपछि रास्वपा र कांग्रेसबीच पानी बाराबारको अवस्था थियो । तर, भिजिट भिसा प्रकरणसम्म आईपुग्दा दुई दलका नेताहरुबीचको सम्वादहीनता तोडिएको छ ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । यस प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ र उच्चस्तरीय छानबिन समिति उसको बटमलाईन छ । यही विषयले सदन अवरोध जारी छ । आजपनि बैठक बस्न सकेको छैन् । तर, संसद भवनमा भेला भएका सांसदहरु आन्तरिक छलफलमा छन् ।
यही सन्दर्भमा कांग्रेस र रास्वपाका नेताहरुबीच पनि छलफल भएको हो । कांग्रेसबाट पूर्णबहादुर खड्का र रास्वपाबाट डा. स्वर्णिम वाग्ले भेटवार्तामा सरिक भएको जनाईएको छ । छलफलमा कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि सामेल भएको जनाईएको छ । वाग्लेले कांग्रेससँगको सम्वादहीनता तोडिएको भएपनि अहिलेको विषयमा सहमतिमा नपुगिएको प्रतिक्रिया दिए ।




प्रतिक्रिया