मुस्लिम आयोगले कोशी प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन


काठमाडौँ, २२ जेठ । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गलाई आयोगको प्रतिवेदन बुझाएका छन् ।

आज यहाँस्थित कोशी प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा कार्यवाहक अध्यक्ष अलीले आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा विभिन्न व्यक्तित्वको उपस्थिति थियो । रासस