काठमाडौं, २२ जेठ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआईजी विनोद घिमिरे नियुक्त भएका छन् । प्रहरी प्रधान कार्यालयले घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको जनाएको छ। यस्तै, सह–प्रवक्ता/सूचना अधिकारीमा एसएसपी रमेश थापालाई जिम्मेवारी दिईएको छ ।
प्रहरी प्रधान कार्यालयले भनेको छ,‘नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय डिआईजी विनोद घिमिरेलाई जिम्मेवारी तोकिएको व्यहोरा जानकारी गराईन्छ ।’




प्रतिक्रिया