पत्रकारलाई दुर्व्यवहार गरेपछि वरिष्ठ अधिवक्ता शम्भु थापाको आलोचना


काठमाडौं, २२ जेठ । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारलाई दुर्व्यवहार गरेका छन् । भ्रष्टाचारको मुद्दा लागेपछि माधव नेपाललाई कानूनी परामर्श दिएर निस्किने क्रममा उनले नेपाल प्रेसकर्मी उमेश कार्कीलाई अधिवक्ता थापाले दुर्व्यवहार गरेका हुन् ।

फोटो पत्रकार कार्कीले थापा बाहिरिँदै गरेको तस्विर तथा भिडियो सामाग्री संकलन गर्ने क्रममा थापाले क्यामेरामा हातपात गरेका हुन् । सो क्रममा समाचार संकलनको लागि उपस्थित् पत्रकारहरुले थापाको हर्कतको निन्दा गरेका थिए । अहिले सञ्जालमा थापाको तिव्र आलोचना भैरहेको छ । Photo Source: NepalPress/Facebook