भ्रष्टाचारको अन्त्य गर्ने हो भने उपभोक्ता समिति तुरुन्त खारेज हुनुपर्छ : सांसद बस्नेत (भिडिओसहित)


काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभाका सदस्य जितजंग बस्नेतले भ्रष्टाचारको अन्त्य गर्ने हो स्थानीय तहमा बनाईएका उपभोक्ता समिति खारेज गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आज (शुक्रबार) बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट कार्यान्वयन राम्रोसँग हुँदा नतिजा पनि राम्रो आउने विश्वास दिलाए ।

उनले भने,‘बजेट बनाउँदा मलाई मनमा लागेको दुई÷तीन वटा कुरा छन्, बजेट बनाउँदा गरिवीको रेखा हेरेर बनाउँछौं कि बनाउँदैनौं ? हामीलाई नून, तेल, सुन लगायतका बजार भाउ थाहा हुन्छ कि हुँदैन ? हामी भ्रष्टाचारको कुरा गर्छौं, तर विकृति र विसंगति भनेको उपभोक्ता समितिमा छ । ती समितिहरु तुरुन्तै खारेज हुनुपर्छ ।’

उनले काठमाडौं–मुग्नि–नारायणघाट राजमार्गको स्तरोन्नती नभएकोमा आश्चर्य व्यक्त गरे । उनले बाढि÷पहिरोको कारण यो मार्ग अवरुद्ध हुँदा जनता मारमा परेको बताए ।