संसद् भवनमै प्रचण्ड र पूर्णबहादुरबीच छलफल


काठमाडौं, २३ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन् । सदनको अवरोध हटाउने विषयमा खड्काले दाहालसँग भेट गरेका हुन् । विपक्षीहरुको बैठक सकिएलगत्तै खड्का दाहालको च्याम्बरमा प्रवेश गरेका हुन् ।

सदनको अवरोध हटाउने विषयमा खड्काले विपक्षी दलका नेताहरुसँग सम्वाद जारी राखेका छन् । हिजो उनले रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसँग छलफल गरेका थिए । पार्टी सभापति शेरबहादुर देउवाले नै विपक्षीहरुसँग छलफल गर्नको लागि खड्कालाई फोकल म्यान तोकेका हुन् ।

देउवा र दाहालबीच भने हिजो फोन सम्वाद भएको थियो । माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि देउवाले चासो राखेका थिए । दुई नेताबीच आज साँझ वा भोलि विहानसम्म भेटवार्ता हुने भएको छ । file photo