मानव महाशक्ति अभियान, नेपालको केन्द्रीय कार्यसमिति घोषणा, अध्यक्षमा सुष्मा देवकोटा


काठमाडौं, २३ जेठ । मानव महाशक्ति अभियान, नेपालको केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सुष्मा देवकोटा (गोरखा÷काठमाडौंं) को नेतृत्वमा केन्द्रीय कार्यसमिति घोषणा गरिएको हो । कार्यसमिति ९९ जनाको हुने जनाईएको छ ।

मानव–मानवबीच जनसेवा गर्न, जनता जनताबीच भावनात्मक सम्बन्ध विस्तार गर्नको लागि स्थानीय निकायसम्म जनसेवा गर्नको लागि संगठन गठन गरिएको जनाईएको छ । संस्थामा सबै जिल्लाबाट एक÷एक र प्रदेशबाट एक÷एक जना सदस्य रहनेपनि स्पष्ट पारिएको छ ।

घोषित कार्यसमितिको कोषाध्यक्षमा कल्पना पोखरेल (गोरखा), सचिवमा प्रमोद आचार्य (सिन्धुपाल्चोक) रहेका छन् । यस्तै, सदस्यहरुमा किरण केसी (बाग्मती प्रदेश), विजय मल्ल (सुदूरपश्चि), डा. मखन महर्जन (ललितपुर), भेषराज खड्का (कोशी प्रदेश), कृष्ण आचार्य (धादिङ), सम्पूर्ण सिंह डंगोल (ललितपुर), हेलेना बस्नेत (काठमाडौं), तृष्णा गुरुङ (नवलपुर), सहदेव थापा (चितवन), डा. बुद्धिबहादुर गुरुङ, कल्पना खरेल, कुमार तामाङ (काठमाडौं), कविता केसी (ललितपुर), राजु हमाल (काठमाडौंं), सब्बु केसी (रामेछाप), मुना थापा (चितवन), सृजना खरेल (चितवन), डिबी थापा (मकवानपुर), गोपाल भण्डारी (सिन्धुपाल्चोक), माधव अधिकारी (नुवाकोट), महेन्द्र पोखरेल (तनहुँ), सावित्री गुरुङ (चितवन), मेघा आले (चितवन), रामहरि सापकोटा (नुवाकोट), राजकुमारी थापा (तनहुँ), रेनुका श्रेष्ठ (काठमाडौं), निजला मालाकार (ललितपुर), देवराज अर्याल (बुटवल), सुमर्म देवकोटा ढकाल, बिनु अर्याल, राम थापा (तनहुँ) र कृष्णकुमार श्रेष्ठ (काठमाडौं) रहेका छन् ।

संस्थाको प्रमुख संरक्षकमा विनोद कुमार गुरुङ रहेका छन् । उनी सामाजिक तथा राजनीतिक विज्ञको रुपमा परिचित छन् । यस्तै संस्थाको सल्लाहकारमा हवाई तथा पर्यटन विज्ञ श्रीराजु शाक्य र भाष तथा सांस्कृतिक विज्ञ बाल नरसिंह गुरुङ रहेका छन् ।

कार्यक्रममा प्रमुख संरक्षक विनोदकुमार गुरुङले अभियानले मानव जातिको लागि राम्रो चेतना दिने विश्वास दिलाए । नेपाली भूगोलमा भएका मानव जातिको महत्व विश्वसामू बुझाउने । यो अभियान देशव्यापी रुपमा लगिने उनको भनाई छ । उनले आफूहरुले १० वर्षको छलफलपछि यो अभियान सुरु गरेको पनि जानकारी दिए । उनले अभियानको क्रममा मानवसेवा र जनसेवा सिकाउने पनि बताए ।

यस्तै, किरणले आफूहरुले सुरु गरेको अभियानको दर्शनप्रति खुशी व्यक्त गरे । उनले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । अभियानका सबै कार्यक्रम प्रभावकारी रुपमा अघि बढोस भन्ने उनको चाहना छ ।

मानव महाशक्ति अभियान, नेपालकी अध्यक्ष सुष्मा देवकोटाले पनि अभियान सुरु गरेकोबारे प्रकाश पारेकी छिन् । उनले अहिले विकास भएपनि मानवता हराउँदै गएको विषय आफूहरुले उठाउने बताईन् । उनले चेतना पूनःजागरण, मानवसेवाको लागि जनजागरणको लागि आफूहरुले तीन करोड नेपालीलाई समेटेको पनि स्पष्ट पारिन् ।

https://youtu.be/hHlpYjwqC-A