काठमाडौं, जेठ २४ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा रहेको जोखिम अन्त्यको लागि स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात र सुरक्षामा राज्यले थप ध्यान दिनुपर्ने बताएका छन् ।
बालबालिकाका निमित्त गैरसरकारी संस्थाहरुको महासंघ नेपालले शुक्रबार आयोजना गरेको ११ औँ राष्ट्रिय महाधिवेशन तथा २५ औँ साधारण सभाबाट निर्वाचित कार्यसमिति सदस्यलाई पदभार हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले भने, “आर्थिक सुशासन, एकैनासको बजेट निर्माण, प्रशासनको कार्यशैली र प्रणालीले फरक पन नल्याउँदा जोखिममा रहेको वर्ग वाहिर निस्कन सकेको छैन् । बालबालिकाकालाई जोखिमबाट बाहिर ल्याउन सबै प्रबन्ध राज्यले गरिदिनुपर्छ ।”
बालकालिकालाई मौलिक र परम्परागत विषय हस्तान्तरण गर्न नसक्दा पहिचान गुम्ने खतरा बढ्दै गएको बताउँदै उनले बालबालिकाकलाई शिक्षा, स्वास्थ्य, गुणस्तरिय औषधी लगायतका सेवा उपलब्ध गराउन राज्य अभिभावक भएर उभिनुपर्नेमा जोड दिए । हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको उनको भनाई छ ।
महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष डिल्लीराम गिरिले महासंघले विगत तीन दशकदेखि देशैभर रहेका बालकालिकाको क्षेत्रमा काम गर्दै आएको जानकारी दिदै अन्याय र चुनौतीमा रहेका, श्रम खेप्दै आएका, बालबिवाह, बालबालिका बेचविखन, अपाङ्गता, सडक बालबालिका, बालमजदुर लगायतका समस्या र चुनौतीसँग महासंघ समाधानका लागि जुद्धै आइरहेको बताए ।
उनले भने, “बालबालिका देशका खम्बा हुन् । बालबालिकालाई अपराधबाट मुक्त गराउन, बालबालिकाको शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, स्वास्थ तथा शैक्षिक पूर्वाधार विकास गर्नका लागि नीतिगत, कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा महासंघ लाग्दै आइरहेको छ ।”
समाजमा चुनौतीको रूपमा देखिएको बालदुव्र्यवहार र बालयौन हिंसालाई न्यूनीकरण गर्न बालबालिकाको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको उनको भनाई छ । सरकार र नीजि क्षेत्रले मानव कल्याण क्षेत्रमा लगानी बढाउँदै लैजान आवश्यक रहेको बताउँदै उनले बालबालिकाको चरित्र निर्माण र जोखिम अन्त्यका लागि सरकारका सम्बन्धित निकाय क्रियासिल भएर र नीजि क्षेत्रले पनि आ–आफ्नो स्थानबाट पैरवी गरिहनुपर्नेमा जोड दिए ।
कार्यक्रमा महासंघका अध्यक्ष विजय लामाले वर्तमान सरकार बालकालिकाको जनस्वास्थ्यको क्षेत्रमा क्रियाशिल रहेकोमा खुसि व्यक्त गर्दै महासंघले पनि बालकालिकालाई जोखिम मुक्त गराउने अभिभारा लिएर अघि बढेको बताए । कार्यक्रमा नयाँ कार्यसमिति सदस्यलाई स्वागत तथा निर्वतमान कार्यसमितिलाई सम्मानसहित विदाई गरिएको थियो ।
लामा अध्यक्षताको ११ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा अरुणा कर्मचार्य, महिला उपाध्यक्षमा मनि जोशी, महासचिवमा तेज सुब्बा, सचिवमा मनिराज श्रेष्ठ र कोषाध्यक्षमा शम्भु शंकर पोखरेल रहेका छन् । यस्तै, सदस्यहरुमा उमा कार्की, डिल्लीराम गिरी, प्रभावमनि ओझा, कुशल गुरुङ घले र इन्द्र पोखरेल छन् ।




प्रतिक्रिया