गृहमन्त्रीको राजीनामा मागिएको विषय सेफ-ल्याण्डिङ हुँदैछ : मिन विश्वकर्मा (भिडिओसहित)


काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले कांग्रेस–एमालेको गठबन्धनबारे सोच्नुपर्नेगरि नै कसैसँगपनि छलफल नभएको दबाी गरेका छन् । आज (शनिबार) बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले सरकार सञ्चालन गर्दैगर्दा विभिन्न समस्या आउने भएपनि यसलाई समाधान गर्दै अघि बढिने विश्वास दिलाए ।

उनले भने,‘अहिलेको सरकार सञ्चालनमा पनि यस्ता केही घट्ना देखिएका छन्, ती घट्नाक्रममा गृहमन्त्रीको राजीनामा गर्नु खास आवश्यक छैन भन्ने कुरामा संसद्मा प्रतिनिधित्व गर्ने मुख्य दलहरु लगभग सहमतिमा पुगेका छन् । किनभने यसमा कुनै कांग्रेसलाई माया गरेर वा गृहमन्त्रीलाई माया गरेर होईन । गृहमन्त्रीको संलग्न भएको कि नभएको भन्ने यस घट्नाक्रममा अख्तियारले मुख्य व्यक्तिमाथि छानबिन गरिराखेको छ । त्यो व्यक्तिमाथि भएको छानबिनबाट अरु को को मानिस संलग्न छन् भन्ने कुरा खुल्दै जाने भयो, त्यसैले अख्तियारले छानबिन गरिराखेको ठाउँमा अर्को छानबिन समिति बनाउनु अथवा अर्को कुनै न्यायिक समिति बनाउनु वा अर्को चाहीँ छानबिन समिति बनाउनु, अथवा कसैले कसैलाई दोषी ठहर गर्नुभन्दा अगाडि नै बजार हल्लाको भरमा राजीनामा गर्नु उपयुक्त हुन्न भन्ने कांग्रेसको दृष्टिकोणमा लगभग संसद्का सबै दलहरु सहमत हुँदै जाँदैछन् । त्यसैले यो विषय चाहीँ एक ढंगले सहमतिमा जाँदैछ । सेफ ल्याण्डिङ हुँदैछ ।’

उनले नेपाली कांग्रेस अरु पार्टीजस्तो उत्ताउलो, भड्किलो नभएको बताए । उनले कांग्रेस साना साना विषयमा प्रतिक्रिया दिएर आफूलाई क्षणिक लोकप्रिय बनाउने पार्टी नभएको पनि स्पष्ट पारे ।