काठमाडौं, २४ जेठ । सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताहरुलाई बहसमा आउँदा कम्तिमा एक जना अधिवक्तालाई व्यावसायिक सहयोगीको रुपमा संलग्न गराउन भनेको छ । सर्वोच्चले सूचना जारी गर्दै कानून व्यवसायीको पेसागत आचरण सम्बन्धी नियमावली, २०७९ को नियम ६ (ख) बमोजिम अधिवक्तालाई बहसमा ल्याउन भनेको हो ।
‘कानून व्यवसायीको पेसागत आचरण सम्बन्धी नियमावली, २०७९ को नियम ६ (ख) बमोजिम वरिष्ठ अधिवक्ताले ‘कुनै मुद्दामा इजलासमा बहस गर्दा कम्तीमा एकजना अधिवक्तालाई व्यावसायिक सहयोगीको रुपमा संलग्न गराउनुपर्ने छ’ भन्ने व्यवस्था भएकोले सो बमोजिम गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’– सर्वोच्चले जारी गरेको सूचनामा भनिएको छ ।




प्रतिक्रिया