वाईसीएल केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा कँडेल


काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा विमल कँडेल (शिव शर्मा) सर्वसम्मत चयन भएका छन् । वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनले कँडेललाई केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा चयन गरेको हो । कँडेल कानून व्यवसायी हुन् ।

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन गत जेठ १८ गतेबाट सुरु भएको थियो । वाईसीएलको अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही चयन भएका छन् ।