काठमाडौं, २५ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी दलहरुको बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थ् िसंसद् भवनमा आफ्नो कार्यकक्षमा दिउँसो १२ बजेको लागि विपक्षीहरुको बैठक बोलाएका छन् ।
भिजिट भिसा प्रकरणमा विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरिरहेका छन् । तर, पछिल्लो समय प्रमुख प्रतिपक्षी दल माओवादीले गृहमन्त्री लेखकको राजीनामाको अडान छोडेको छ । छानबिन समिति बनाईने प्रतिबद्धतामात्रै आएपनि सदनको अवरोध खुलाउनुपर्ने पक्षमा एकीकृत समाजवादी पार्टी रहेको छ ।
पछिल्लो समय प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सम्वाद बढाएका छन् । दुई नेताबीच बिहीबार फोन सम्वाद र हिजो शनिबार भेटवार्ता भएको बताईन्छ । उनीहरुबीचको भेटवार्तामा सदनको अवरोध खुलाउने विषयमा नै कुराकानी भएको हो ।




प्रतिक्रिया