काठमाडौं, २५ जेठ । भिजिट भिसा प्रकरणले जारी रहेको सदनको अवरोध खुल्ने भएको छ । विपक्षीहरुले यस प्रकरणमा सत्तापक्षबाट छानबिन समिति बनाउने प्रतिबद्धता व्यक्त भए सदन खोल्न सहयोग गर्ने निश्कर्ष निकालेका छन् ।
विपक्षी दलका नेता पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो राम्रो छलफल भएकोले सदनको अवरोध खोल्नको लागि छानबिन समितिको प्रतिबद्धता भए सहयोग गर्ने ब्रिफिङ गरेका हुन् । बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकमा प्रचण्डले सदनको अवरोध खोल्नेगरि लचक हुने संकेत गरेका थिए ।
उनले आफूले हिजो (शनिबार) देउवासँग गरेको भेटवार्ताको समेत ब्रिफ गरेका थिए । देउवासँगको भेट सकारात्मक भएकोले र राजनीतिक कोर्सको लागि पनि सदनको अवरोध खुलाउन सहयोग गर्नुपर्ने मत राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।




प्रतिक्रिया