काठमाडौं, २५ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सदनको अवरोध खुल्ने बताएका छन् । नेपाली कांग्रेसका नेताहरुसँगको छलफलपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सदनको अवरोध खोल्नको लागि सहमतिको भाषा टुंग्याएर छिट्टै सदन चल्नेमा आफू आशावादी रहेको उनको भनाई छ । भिजिट भिसा प्रकरणमा विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरिरहेका छन् ।
हिजोमात्रै यही विषयमा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । सदन खुलाउनको लागि सबै लचिलो बन्नुपर्ने दाहालको भनाई छ । उनले भने,‘सबै लचिलो बन्नुपर्छ, समस्या समाधान गर्न माओवादी मात्रै लचिलो भएर पुग्दैन ।’




प्रतिक्रिया