काठमाडौं, जेठ २६ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य एक लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया