काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश रिजालले आज प्रतिनिधिसभाको बैठक चल्ने सम्भावना रहेको बताएका छन् । सदनको अवरोध खुलाउने विषयमा कुराकानी चलिरहेको र सहमतिनजिक पुगिएको उनको भनाई छ । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने स्पष्ट पारे ।
आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै नामोनिशाना नभएकोले राजीनामा दिन नपर्ने अडान सुनाए । उनले यो प्रकरणमा संसदीय छानबिन समिति नबन्नेसमेत जिकिर गरे ।
उनले विपक्षीहरुले गृहमन्त्री लेखकको राजीनामाबाट ब्याक हुनुपर्ने धारणा राखे । तर, अहिले अख्तियारले छानबिन गरिरहेको कुरामा आफूहरुले सहयोग गर्नुपर्नेमा उनको जोड छ । उनले अहिले छानबिन समिति नबन्ने र आवश्यक परे पछि बन्ने उनले सुनाए ।




प्रतिक्रिया